निषेधाज्ञाको पहिलो दिन शिवसताक्षी ठप्प, जोर विजोर प्रणाली उल्लघन गर्ने सयौ संख्यामा मोटर साइकल कार्वाहीमा
Published: (Updated: )
by .शिवसताक्षी । कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि तिब्र गतिमा संक्रमण दर बढेसँगै झापामा गएरातिदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञाको पहिलो दिन शिवसताक्षी पनि ठप्प भएको हो ।
शिवसताक्षीको दूधे, माइधार, शिवगञ्ज, झिलझिले, डुँडामारी लगायतका बजारहरु ठप्प रहेका छन् । प्रशासनले विहान ८ बजेबाट ११ बजेसम्म मात्र सुरक्षा मापदण्ड अपनाई व्यवपार व्यवासय सञ्चालन गर्न अनुमति दिएको छ । ११ बजे पश्चात इलाका प्रहरी कार्यालय झिलझिलेको टोली सक्रियता पूवर्क निषेधाज्ञाको कार्यान्वयन गर्न खटिएको छ ।
विहान ८ बजेबाट ११ बजेसम्म व्यपार व्यवसाय सञ्चालन भएपनि बजारमा मानिसहरुको चहल पहलमा कमी आएको छ ।
त्यसै गरी जिल्ला प्रशासन कार्यालय झापाले लागु गरेको जोर विजोर प्रणालीलाई उल्लघन गर्ने सयौंका संख्यामा मोटरसाइकल कार्वाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले जार विजोर प्रणालीलाई उल्लघन गर्ने माटरसाइललाई कार्वाही गरेको हो ।
पहिलो दिन वैशाख २० अर्थात जोर गते भएकाले जोर नम्बर भएका सवारी साधन मात्रै सञ्चालन हुन पाउनेछन्।
प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठ नेतृत्वको प्रहरी टोली पूर्व पश्चिम राजमार्ग र नगरका बजारमा परिचालित भएको छ ।
यता कोरोना भाइरको संक्रमणको जाखिमलाई न्यूकरण गर्न नगर प्रमुख चन्द्रकुमार सेर्माले अतिआवश्यक बाहेक घर बाहिर निस्किएर हिडडुल नर्गन सुझाएका छन् ।
उनले नगरबासीमा कोरोना संक्रमण फैलिन नदिन सबै खाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका काममा बाहिर हिंडडुल नगर्न सुझाएका हुन् ।
Comments