बुधबार रातिदेखि झापामा पूर्ण रुपमा निषेधाज्ञा
Published: (Updated: )
by .झापा । झापामा कोरोना संक्रमणको दर तिब्र रुपमा बढ्न थालेपछि पूर्ण रुपमा निषेधाज्ञा लगाइने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी) आज बजेको बैठकले बुधबार राति १२ बजेदेखि पूर्ण रुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
डिसीसीएमसीका सदस्य तथा जिल्ला समन्वय समिति संयोजक सोमनाथ पोर्तेलका अनुसार पूर्ण रुपमा लागु हुने निषेधाज्ञ बैसाख मसान्त सम्म रहने छ ।
यस अघि झापामा आंशिक लकडाउन गरिएको थियो । जसमा विहान ८ बजेबाट ११ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न दिइएको थियो भने सवारी साधानलाई जोर विजोर प्राणली गरेर सञ्चालन गर्न दिइएको थियो ।
पूर्ण निषेधाज्ञा लागु भएपछि सवारी साधान र सम्पूर्ण पसलहरु बन्द रहने छन् ।
झापामा सक्रिय संक्रमितको संख्या ७४१ पुगेको छ ।
Comments