Sajhamanch Archive

झापामा एन्टिजेन पोजेटिभ ६ सहित १९५ जना संक्रमित थपिए, दुईको मृत्यु

Published: in मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by .

विर्तामोड । झापामा शनिबार १९५ जनालाई कोरोना पुष्टि भएको छ । जसमा एन्टिजेन पोजेटिभ ६ जनालाई देखा परेको छ । कोरोनाबाट दुई जनाको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा दमक र विर्तामोडमा दुई वृद्धा रहेका छन् ।

झापामा जम्मा संक्रमितहरु ६११४ पुगेको छ भने मृतकको संख्या १४७ पुगेको छ ।

आज झापाको दमकमा १५, विर्तामोड ३२, गौरादह ८, मेचीनगर १९, भद्रपुर २४, कनकाई १०, हल्दिवारी ३, अर्जुनधारा १६, बुद्धशान्ति ७, गौरीगञ्ज, कचनकवल २÷२, कमल , बाह्रदशी, झापा १÷१, शिवसताक्षी ६ र अन्य ३ जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा संक्रिय संक्रमितको संख्या १३ सय ७५ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *