लमजुङमा ५.८ को भूकम्पः काठमाडौंमा समेत धक्का
Published:
by .काठमाडौ । बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।
यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।
Comments