विहीबार झापामा २१८ संक्रमित थपिदा ८१ जनाले कोरोना जिते
Published:
by .विर्तामोड । झापामा विहीबार थप २१८ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जनाले कोरोना जितर डिस्चार्ज भएको छन् । पहिलेको तुलनमा हाल आएर कोरोना जित्नेको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ
संक्रमित बढी हुने स्थानीय तहमा विर्तामोड नगरपालिका परेको छ । जसमा सबैभन्दा बढी ४१, भद्रपुरमा १४ महिलासहित २८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, संक्रमित हुनेमा कमलमा १४ महिलासहित ३१ जना, अर्जुनधारामा ७ महिलासहित २२ जना, दमकमा १० महिलासहित २२ जना, कनकाईमा १० महिलासहित १७ जना, मेचीनगरमा ९ महिलासहित १७ जना, हल्दिबारीमा ४ महिलासहित ६ जना रहेका छन् ।
यसैगरी, शिवसताक्षीमा १ महिलासहित ५ जना, गौरादहमा १ महिला, १ पुरुष, गौरीगञ्जमा २ महिला, २ पुरुष, कचनकवलमा ३ महिला, बाह्रदशीमा १ पुरुष तथा पालिका नखुलेका ३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिएका छन् । संक्रमण मुक्त हुनेको संख्या ५ हजार ४४ पुगेको छ ।
Comments