झापामा १०९ संक्रमित निको भएर घर फर्के
Published: (Updated: )
by .विर्तामोड । दमकमा ८७ र विर्तामोडमा ३४ जनामा कोभिड पुष्टिसँगै झापामा शनिबार २३४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कोरोना संक्रमणबाट आज ६ जनाको मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको संख्या २०१ पुगेको स्वाथ्य कार्यालय झापाले जनाएको छ ।
आज १०९ जना संक्रमित निको भएर डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । विवरण अनुसार संक्रमित निको हुने दर बढ्दै गएको छ । बैशाख २ गते ३५ जना डिस्चार्ज भएका थिए । ३ गतेदेखि क्रमशः २६, ५१, ३९, ८१, ६३, हुँदै शनिवार १०९ जना डिस्चार्ज भएका छन् ।
Comments