Sajhamanch Archive

दुई वर्षभित्र नेपाल दूध उत्पादनमा आत्मनिर्भर बन्ने मन्त्री अर्यालको दावी

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने दावी गरेकी छन् । विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आज मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले त्यस्तो धारणा राखेकी हुन् ।

‘प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पूरा गर्छौं र हामी दूधमा आत्मनिर्भर बन्छौं’ मन्त्री अर्यालले भनेकी छन् । दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको समेत उनको भनाई छ ।

दूग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दूध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको जिकिर गरेकी छन् । ‘दूग्ध क्षेत्रमा भएका समस्या समाधानतर्फ हामी लागिरहेका छौ । ती समस्या समाधान भएनन् भने दूध दिवस मनाएको कुनै औचित्य हुनेछैन’ मन्त्री अर्यालले प्रष्ट पारेकी छन् ।

कोभिड १९ महामारीले दूग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *