झापामा २७९ जना संक्रमित थपिए, १२६ को डिस्चार्ज
Published:
by .विर्तामोड । झापामा आज २७९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै विभिन्न अस्पतालमा उपचाररत १२६ जना संक्रमितको डिस्चार्ज भएका छन् । डिस्चार्जको हुनेको संख्या ६ हजार २ सय ३८ पुगेको छ ।
त्यसैगरी संक्रमित मध्ये सबैभन्दा धेरै भद्रपुरमा ४३ र विर्तामोडमा ४२ जनाका कोभिड पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९३ पुगेको छ । यस्तै, आज झापामा ५ जना संक्रमितको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा बुद्धशान्ति,अर्जुनधारामा २÷२ र मेचीनगरमा १ जना रहेका छन् । झापामा कोभिडबाट मृत्यू हुनेको संख्या २४७ पुगेको छ ।
Comments