आइसोलेसनको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा संक्रमितको गयो ज्यान
Published: (Updated: )
by .सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक कोरोना संक्रमितको आइसोलसन भवनको झ्यालबाट हामफालेर भाग्न खोज्दा ज्यान गएको छ ।
बलेफी गाउँपालिका–६ मांखाका ५३ वर्षीय रत्नबहादुर तामाङको जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनको तेस्रो तलाबाट हाम फाल्दा ज्यान गएको हो । जुगल गाउँपालिकाले गए राति १ः१५ मा आइसोलेसन रहेको भवनको तेस्रो तल्लाबाट हाम फालेर घाइते भएका उनको उपचार गर्न अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ ।
जुगलले जारी गरेको विज्ञप्तिमा तामाङले आत्महत्याको प्रयास गरेको उल्लेख छ । तर उनका आफन्तले भने उनी घर आउन चाहेको र आउन नदिएपछि घर आउनका लागि राति हामफालेर भाग्न खोजेको बताएका छन् । उनलाई कोरोना संक्रमण भएपछि जेठ १७ गते उक्त आइसोलसनमा उपचारका लागि लगिएको थियो ।
Comments