Sajhamanch Archive

विद्यार्थी युनियनले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने नीतिलाई कार्यान्वयन गर्न माग

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by .

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।

मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले त्यस कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत सात बुँदा समेटिएको ज्ञापनपत्र मङ्गलबार हस्तान्तरण गरेका हुन् ।

मन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारीरूपमा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *