Sajhamanch Archive

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चले ३२ घण्टाको बहसपछि फैसला सुनाउने

Published: in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको छ ।

संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि इजलासले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको हो । रिट निवेदनमा उठाइएका प्रश्नहरू सार्वजनिक महत्वको भएको र चाँडै टुङ्गो लगाउनुपर्ने भन्दै सर्वोच्चले बहसका लागि समेत समयसीमा तोकेको छ ।

रिट निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यसायीहरूलाई सुरुको बहसका लागि अधिकतम् १२ घण्टा र जवाफी बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय तोकिएको छ ।

यस्तै सरकारी वकीलहरूसहित विपक्षीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई पनि १५ घण्टा समय तोकिएको छ ।

बुधबारको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतले विपक्षीको नाममा प्रतिनिधिसभा विघटन गर्नुको लिखित जवाफ ७ दिन भित्र पेश गर्न आदेश दिएको हो । सर्वोच्चले जेठ ७ गते गरिएको प्रतिनिधिसभा विघटन सम्बन्धी सम्पूर्ण कागजात ७ दिन भित्र अनिवार्य रूपमा पठाउन सरोकारवाला निकाय तथा कार्यालयहरूलाई पनि आदेश गरेको छ ।

यस्तै विघटनको विवाद निरुपणका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च बारलाई २–२ जना एमीकस क्यूरी पठाउन भनेको छ । यस्तै अदालतले एमीकस क्यूरी, रिट निवेदक तथा विपक्षीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूलाई असार १० गते भित्र बहस नोट बुझाउन आदेश दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *