निषेधाज्ञामा २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात
Published:
by .काठमाडौं । कोरोना संक्रणमको दोस्रो लहरको नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १६ वैशाखदेखि २५ जेठसम्ममा उल्लेखित परिणाममा खाद्यान्न आयात भएको हो ।
निषेधाज्ञाबीच दाल, चामल, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, एलपीजी ग्यास, पेट्रोललगायत उल्लेख्य आयात भएको पाइएको छ ।
गत १६ वैशाखदेखि दालरगेडागुडी २९ हजार ८ सय ४५ मेट्रिक टन आयात भएको छ । तरकारी ४६ हजार १ सय ४५ मेट्रिक टन, फलफूल, ३१ हजा ४ सय ४ मेट्रिक टन, २ सय २८ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।
Comments