Sajhamanch Archive

झापामा केही खुकुलो गर्दै निषेधाज्ञा असार ७ गतेसम्म थप

Published: (Updated: ) in विविधा, समाज by .

विर्तामोड । कोरोना भाइरस सक्रमणको न्यूनिकरणको लागि गरिएको निषेधाज्ञा झापामा असार ७ गतेसम्मलाई थप गरिएको छ । डीसीसीएमसीको बैठकले नागरिकको जीवनलाई सहज बनाउन कृषि, खाद्यन्न, हार्डवेयर, वीउ विजन, वर्कशवमा खुकुलो बनाउँदै निषेधाज्ञा थप गरेको हो ।

जसमा खाद्यनन, फलफुल, तरकारी माछामासु, दुध डेरी , पुस्तक पसल, हार्डवेयर पसल विहान ६ बजेबाट १० बजेसम्म सञ्चालन गर्न दिने निणर्य गरेको छ । हाट बजार पार्टी, भोज लगायतका भीडभाड हुने कार्य नगर्न समितिले आग्रह गरेको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने , एटीएम २४ घण्टा खुल्ला राख्न सूचित गरिएको छ । यस्तै, सहकारीहरुलाई घर पसल तथा समूहमा गई बचत संकलन गर्ने कार्य हाललाई स्थगित गरिएको छ । मल खाध, वीउविजन, कुखुराका चल्ला, दाना,पशुपंक्षीका आहार सम्बन्धी पसललाई विहान १० देखी ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।

हार्डवेयर सम्बन्धी पसल विहान ६ बजेबाट १० बजेसम्म खुल्ला गर्न पाइने छ । डीसीसीएमसीले अन्य नियमहरु यसअघि कै पालना गर्नुपर्ने जनाएको छ । निषेधाज्ञा अवधिभर सार्वजनिक एवम् निजी सवारी सञ्चालनमा रोक लगाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *