Sajhamanch Archive

अन्तराष्ट्रिय योग दिवशको अवसरमा भच्र्युअल योग शिविर

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by .

कमल । पतन्जली योग समिती नेपाल प्रदेश नम्वर १ को आयोजनामा सोमबार अन्तराष्ट्रिय योग दिवश २०७८ को पुर्व शन्ध्यामा भच्र्युअल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १ नम्वर प्रदेशकी उपसभामुख सरस्वती पोख्रेलले योगले मानिसको जिवनमा आमुल परिवर्तन ल्याउने बताइन् । आजको व्यस्त समयमा आशन, ध्यान प्रणायमले मात्र मानिस स्वस्थ्य हुने भएकोले हरेक मानिसले योग गर्न आवश्यक रहेको उनको भनाई थियो ।

कोभिड १९ को दोस्रो भेरियन्टको विषम परिस्थितीमा पनि भच्र्युअल माध्यम बाट यस्तो पवित्र कार्यक्रम आयोजना गरेर प्रदेश नम्वर एकका हरेक नागरिकको घरघरमा योग पुर्याउनका लागी गरेको कार्यक्रमका आयोजकलाई उपसभामुख पोख्रेलले धन्यवाद समेत दिएकी थिइन ।
योगले मानिसलाई स्वस्थ्य मात्र राख्दैन अध्यारोबाट उज्यालोतर्फ लाने भएकोले सबैले अनिवार्य योग गर्नुपर्ने पतन्जली योग समिती नेपाल लुम्विनी प्रदेशका प्रभारी प्रेम शाहाले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिती ताप्लेजुङ्गका सभापति,घनेन्द्र मादेन , भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद लुईटेल , उद्योग वाणिज्य संघ ताप्लेजुङ्गका अध्यक्ष तारानाथ घिमिरे , पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकाल, भद्रपुर नगरपालिकाका मेयर जिवन श्रेष्ठ पतन्जली योग समिती नेपालका सहप्रभारी मदनराज पाण्डे, पतन्जली योग पिठ नेपालका आजिवन चन्द्रमणी गुरागाँई र शिल्पा प्याकुरेल महिला पतन्जली योग समिती नेपालकी सह प्रभारी अर्चना घिमिरे लगायतले अन्तराष्ट्रिय योग दिवस र योगको महत्वका बारेमा बोल्नु भएको थियो ।

पतन्जली योग समिती नेपाल प्रदेश नम्वर १ का प्रभारी मिष्टर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई पतन्जली योग समिती नेपालका केन्द्रिय सदस्य तथा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले शाब्दिक शब्द द्वारा शुभभाव राखेका थिए । पतन्जली योग समिती नेपाल प्रदेश नम्वर १ का महामन्त्री लक्ष्मि प्रसाद काफ्ले र कोषाध्यक्ष पार्वती राउतले कार्यक्रमको सञ्चालन गरेका थिए ।

औपचारीक कार्यक्रम सम्पन्न भएपछि पतन्जली योग समिती नेपालका केन्द्रिय प्रभारी लवदेव मिश्रले अन्तराष्ट्रिय योग दिवसको अवसरमा तयार पारेको प्रोटोकलको आधारामा सबै सहभागीलाई योग (आशन , ध्यान, प्रणायम ) गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *