Sajhamanch Archive

मेलम्ची र हेलम्बुमा बाढीको बितण्डा, अहिलेसम्म ७ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौ । अविरल वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।

प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले सेतोपाटीलाई दिएको जानकारीअनुसार मंगलबार साँझ आएको बाढीले बगाएर ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

‘हेलम्बु गाउँपालिकामा अहिलेसम्मा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ उनले भने, ‘घर, टहरा, पुललगायत संरचना बगेका छन्।’ मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन।

हेलम्बु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिङमार लामाले मेलम्चीमा आएको बाढीले जनधनको क्षति भएको बताए। ‘अहिलेसम्म वडा नम्बर १ मा ७ जना र वडा नम्बर २ मा ४ जना सम्पर्कबिहीन छन्,’ उनले भने।

बाढीले मेलम्ची बजारमा पनि क्षति पुर्‍याएको छ।

‘मेलम्चीमा अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन। उद्धार गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘नेपाली सेना र निजी एअरलाइन्सका हेलिकप्टर उद्धारका लागि परिचालन गर्न लागेका छौं।’

घरका छतमा रहेकाहरूको उद्धार गर्न लागिएको उनले बताए। सडक मार्गबाट पनि उद्धारका लागि टिम परिचालन गरिएको उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *