पहिलो पाइलाद्वारा सडकमा आश्रित व्यक्तिहरुलाई खाना खुवाइदै
Published:
by .झापा । कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि गरिएको निषेधाज्ञाका कारण सडकमा आस्रित व्यक्तिहरुलाई झापाका केही सामाजिक संस्थाहरुले सहयोग गरेका छन् ।
पहिलो पाईला नेपाल बिर्तामोड शाखा, पहिलो पाईला नेपाल बुद्धशान्ति प्रस्तावित शाखा र ह्युमानिटी फर्स्ट संस्थाको संयुक्त आयोजनामा गत बैशाख २१ गते देखि निरन्तर खाना बितरण कार्यक्रम भैरहेको छ ।
संस्थाहरुले बुद्धशान्ती हुँदै चारआली, बिर्तामोड, लक्ष्मिपुर, दुर्गापुर, सुरुङ्गा, कोटिहोम लगायतका स्थानमा रहेका १ सय २० जना बढिलाई दैनिक खाना बितरण गर्दै आएको हो ।
जिल्लाका विभिन्न दाताहरुको सहयोगमा उक्त कार्यक्रमले निरंतरता पाउदै आएको छ । खाना बितरणका क्रममा सुरक्षा निकाय सङ्गको समन्वय अभाव, आर्थिक अभाव, सङ्गै कोरोनाको त्रासको सामना गर्नुपरेको संस्थाका सदस्यहरुको दुखेसो छ ।
तर दैनिक खानाको आशामा रहेका भोका व्यक्तिहरुको अनुहार सम्झिएर यस्तो कार्यलाई निरंतरता दिईएको उनिहरु बताउछन् ।
खाना आउन एक्छिन ढिला भएपछी खाना कुरिरहेका मानिसहरुको अनुहार अँध्यारो हुन्छ जब खाना लिएर मोटरसाइकल सरर आउँछ अनि उनिहरुको अनुहारमा चमक देखिन्छ ।
यसरी निषेधाज्ञाका बिच विभिन्न समस्या सङ्गै कोरोनाको त्रास लिएर सामाजिक कार्यमा होम्मिएका सामाजिक सस्थाहरुलाई प्रोत्साहनसँगै सहयोग गर्न सम्वन्धित निकायहरुले तदारुकता देखाउन आवश्यक छ ।
Comments