मनाङको हुम्लेमा पहिरो, मर्स्याङ्दी नदी थुनियो
Published: (Updated: )
by .काठमाडौं । मनाङमा मर्स्याङ्दी नदी २ घण्टादेखि थुनिएको छ । निसेङ गाउँपालिकाको हुम्लेस्थित तिब्बतियन स्कुल नजिकै आएको पहिरोले मर्स्याङ्दी नदी थुनिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानले जानकारी दिए ।
नदी थुनिएको खबर आफूहरूलाई दुई घण्टा अघि प्राप्त भएको लामिछानेले बताए। नदी थुनिएको खबर प्राप्त हुनेबित्तिकै तटीय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा रहनको लागि आग्रह गरिएको छ ।
यस्तै चामेमा पनि खोलाले बगाएको ठूला ढुङ्गाहरूका कारण पानीको सतह बढेको छ । पानीको सतह बढेपछि चामे बजार पनि जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।
ढुङ्गा फुटाउनका लागि ड्रिलिङ मेसिन ल्याउने भनिए पनि खोलाको बीचममा गएर फुटाउनेपर्ने भएकाले सम्भव नरहेको लामिछानेको भनाइ छ । स्काभेटरले ढुङ्गा पन्छाउनका लागि अनुरोध गरिए पनि कसैले पनि जोखिम लिन नचाहेकाले समस्या उत्पन्न भएको छ ।
Comments