Sajhamanch Archive

रोङ गाउँपालिकामा ४४ करोड बजेट पारित

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

इलाम । इलामको रोङ गाँउपालिकाको ११औ गाँउसभा सम्पन्न भएको छ । सभाले ४४ करोड १८ लाख ८१ हजार ५ सय रुपैयाँँ बराबरको बजेट पारित गरेको छ ।

३ दिनसम्म सञ्चालन भएको गाउँसभामा न्यायिक समिति सञ्चालन कार्यविधि सम्बन्धी विधेयक, कार्यपालिकाको चालु आर्थिक वर्षको सबै निर्णयहरु समेत सर्वसहमत पारित गरेको थियो ।

सभा समापनको अवसरमा एक कर्मचारी र एक मेलमिलापकर्ता सम्मानित भएका छन् । यसरी सम्मानित हुने कर्मचारीमा कार्यालय सहयोगी खेमकुमारी भूजेल र मेलमिलापकर्ता ऋषिकेश ओझा रहेका छन् । भूजेललाइ २५ हजार रुपैया र ओझालाइ ५ हजार रुपैयाँ सहित प्रशंशा पत्रले सम्मान गरिएको छ ।

सम्पन्न भएको गाँउ सभाले पारित गरेका बजेट अनुसार आम्दानी तर्फ समानीकरण अनुदान तर्फ ९ करोड ७७ लाख ९५ हजार रुपैयाँ, समपुरक अनुदान तर्फ २ करोड ६ लाख, राजस्व बाडफाड तर्फ ७ करोड १ लाख ५ हजार रुपैयाँ अनुमान गरिएको छ ।

त्यसैगरी ससर्त अनुदान तर्फ १८ करोड ९ लाख ५० हजार रुपैयाँ आन्तरिक श्रोत तर्फ १ करोड ३० लाख रुपैयाँ, र भूमि सुकुम्बासी राजस्व १ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै गतवर्षको अल्या भई आउने ४ करोड ९४ लाख ३१ हजार ५ सय रुपैयाँ समेत गरी ४४ करोड अठार लाख एकासी हजार ५ सय रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

त्यसैगरी खर्च तर्फ ससर्त अनुदानमा १८ करोड ९ लाख ५० हजार, पुँजीगतमा १७ करोड ८० लाख ३१ हजार ५ सय रुपैयाँ र चालु खर्च तर्फ ८ करोड २९ लाख रुपैयाँ हुने आय व्यय विवरणमा देखाइएको छ । गाँउसभा समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रयास भटराई, उपाध्यक्ष चन्द्रकला राई लगायतले सम्मानित व्यक्त्विका बारेमा चर्चा गर्दै बजेट कार्यान्वयनमा सबैलाइ सहयोग गर्न आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *