Sajhamanch Archive

शेयर बजार लगातार ओरालो लाग्दै, कारोबार रकम पाँच अर्ब पनि पुगेन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । शेयर बजार परिसूचक नेप्से सोमवार (आज) पनि घटेको छ । व्यापार, उत्पादन, म्युचल फन्ड, अन्य र लगानी समूहबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ११ दशमलव ७८ अङ्कले घटेर दुई हजार आठ सय २२ दशमलव ७३ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर सात अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको शेयर एक सय दुई अङ्कले, जलविद्युतको ५३, फाइनान्सको ५७, माइक्रोफाइनान्सको ३४, जीवन बीमा समूहको एक सय ३६ र निर्जीवन बीमा समूहको शेयर एक सय ५६ अङ्कले घटेको छ ।

केही हप्ताअघि दैनिक २० अर्ब रुपैयाँ हाराहारीको कारोबार हुने नेप्सेमा अहिले कारोबार रकम पनि ओरालो लागेको छ । आज दुई सय २४ कम्पनीका एक करोड ६३ लाख कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४१ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज गुराँस फाइनान्सको शेयर सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि विशाल बजार कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *