सेयर बजारमा दोहोरो अंकको गिरावट
Published:
by .काठमाडौं । सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आयो । बजार परिसूचक नेप्से १६.९७ अंकले झरेर २८ सय १ दशमलव १३ विन्दुमा आइपुग्यो ।
यस दिन नेप्से झरेर २७ सय ९४ विन्दुमा आएको थियो । पछि नेप्से केही सच्चिँदै २८ सय १ विन्दुमा थामिएको हो ।
लघुवित्त र विकास बैंक उपसमूहबाहेक अरु कारोबार भएका सबै उपसमूहमा गिरावट आयो । निर्जिवन बिमा उपसमूह सबैभन्दा उच्च १४४.७७ अंकले ओर्लिँदा उत्पादनमूलक उपसमूह पनि १३३.०८ विन्दुले झर्यो ।
यस दिन २२२ कम्पनीको १ करोड १६ लाख बराबर कित्ता सेयर ४ अर्ब ५८ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस दिन ११६ कम्पनीका सेयरधनीले गुमाए । ५४ कम्पनीका सेयरधनीले कमाए भने १२ कम्पनीको सेयर मूल्य यथावत् रह्यो ।
Comments