Sajhamanch Archive

युनियन लाइफको आईपीओ खुल्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीवारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले अहिले कायम जारी पुँजी दुई अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो ।

यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख २२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषका लागि तथा थप पाँच प्रतिशत शेयर बराबर तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीका लागि छुट्याइ बाँकी ५८ लाख पाँच हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले २०७४ असोज ४ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । आईपीओ निष्कासनका लागि इक्रा रेटिङबाट रेटिङ गराएको यस कम्पनीले ट्रिपल बी (बीबीबी) रेटिङ पाएको छ ।

आईपीओमा आवेदन दिन चाहने इच्छुक लगानीकर्ताले २८ गते बेलुकी ५ बजेभित्र आवेदन दिन सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *