Sajhamanch Archive

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध आन्दोलनको थप कार्यक्रम गर्ने विद्यार्थी संगठनको घोषणा

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिविरुद्धमा ५ संयुक्त विद्यार्थी संगठनले आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्र्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन् ।

आइतबार विद्यार्थी संगठनहरुले ७ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *