नेप्से परिसूचक ४४.९८ अंकले घट्यो
Published:
by .काठमाडौं । कारोबारको दोस्रो दिन आज (सोमबार) सेयर बजार ओरालो लागेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ४४.९८ अंकले घटेर २ हजार ८५४ दशमलव ९८ अंकमा आइपुगेको छ ।
आज बजारमा कारोबार रकम ९ अर्ब ९८ करोड पुगेको छ । आज दोस्रो बजारमा २२९ कम्पनीको दुई करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर ९२ हजार १९२ पटक कारोबार भएको छ।
आज ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स सोमबार ८.५८ अंकले घटेको छ । यस्तै समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्यमा ५.२४ प्रतिशतको बढोत्तरी आउँदा लगानीकर्ताले दोस्रो बजारमा सबैभन्दा धेरै कमाएको हो ।
यस्तै युनियन र खानीखोला हाइड्रोपावर तथा ओरेन्टल होटलका लगानीकर्ताको सम्पत्ति सोमबार पाँच प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।
आज निर्धन उत्थान लघुवित्तको ४९ करोड, एनआईसी एसिया बैंकको ३४ करोड र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर २९ करोडभन्दा बढीको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
Comments