Sajhamanch Archive

पानीजहाज सञ्चालनको अध्ययन गर्न नेपाली टोली भारत जाँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ  । भारतको गंगा नदीमा पानीजहाज सञ्चालनको अवस्था अध्ययन गर्न नेपाली टोली कोलकता–वाराणसी जाने भएको छ ।

पानीजहाज संचालनको विषयमा स्थलगत अध्ययनका लागि जल तथा ऊर्जा आयोगका सह सचिव माधव बेल्वासेको नेतृत्वमा सात सदस्यीय टोली आउँदो असोज १ गते त्यसतर्फ जान लागेको हो ।

भारतले गंगा नदीमा पानीजहाज चलाउने अन्तिम तयारी गरिरहेको छ । भारतले पछिल्लो समय १ सय ६ वटा ‘इनल्यान्ड वाटरवेज’ निर्माणको घोषणा गरेका छ । त्यसमध्ये गंगा नदीमा निर्माणाधिन वाटरवेज’ (जलमार्ग) एक हो । निर्माण सम्पन्न हुन लागेको यो जलमार्गमा कार्तिक दोस्रो हप्तादेखि भारतीय पानी जहाज सञ्चालनमा आउँदैछन् ।

नेपालका ठूला नदीहरु कोशी, नारायणी (गण्डकी) र कर्णाली गंगामा नै गएर मिसिन्छन् । त्यसैले, भारतले गंगामा निर्माण गरेको जलमार्ग नेपालले पनि प्रयोग गर्न सक्छ । कोशी र गण्डकी जलमार्गबाट नेपालसम्म पानी जहाज आइपुग्न सक्ने स्थिति छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपाललाई जलमार्ग प्रयोग गर्न दिने सहमतिसँगै पारवहन सम्बन्धी नेपाल–भारतबीचको पारवहन सन्धिमा जलमार्ग सम्बन्धी व्यवस्था समावेश गराउन दुबै देशले आन्तरिक तयारी थालिसकेका छन् ।

जलमार्गसमेत प्रयोग गर्न पाउने गरी सन्धिमा परिमार्जन भएलगत्तै पानी जहाज सञ्चालनको प्राविधिक तयारीका लागि नेपाली टोली कोलकता र वाराणसीको स्थलगत अध्ययनका लागि जान लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *