Sajhamanch Archive

बाढीपहिरोले लमजुङमा तीन जनाको मृत्यु, चार बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

लमजुङ । बाढी र पहिरोमा परी मर्स्याङदी गाउँपालिका–४ तरापुमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तल्लो टारीका अतिरूपा थापा र नौ वर्षीय चिरक थापा र श्रीचौरका विष्णुकुमारी गुरूङ रहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए।

बेपत्ता भएकाहरूमा बेसीशहर नगरपालिका–११ स्थित हिमालयन हाइड्रोपावर रामचोकमा कार्यरत बलिराम चौधरी, लक्ष्मीप्रसाद थारू, मर्स्याङदी गाउँपालिका–४ अर्खलेबेंसीका राजु लामा रहेको छन्। मस्र्याङ्दी–४ रामबजारमा जितबहादुर गुरुङ र दमै गुरुङको घर रामबजार खोलामा आएको बाढीले बगाएको वडाध्यक्ष सुमन गुरुङले जानकारी दिए।

बाढीले एउटा ट्रयाक्टर र एउटा मोटरसाइकल समेत बगाएको वडाध्यक्ष गुरुङले जानकारी दिए। बाढीको कारण १५ घर जोखिममा रहेको स्थानीय नरबहादुर गुरुङले बताए। उनका अनुसार पशुपंछी र चौपाय पनि खोलाको बाढीले बगाएको छ। त्यस्तैगरी प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार बेंसीशहर–मनाङ सडकखण्डको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।

सडक किनारमा राखिएका केही सवारी साधनहरूमा क्षति पुगेको छ। घटनाको जानकारी हुनासाथ खोज उद्धाार कार्यलाई तीव्रता दिइएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *