Sajhamanch Archive

उमेर ढाँट्ने पुर्वडिएसपीविरुद्ध मुद्धा

Published: in मिडियाबाट साभार by .

मेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ बर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पुर्वडिएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

उनले आफ्नो उमेर करिव २ बर्ष ढाँटेर डिएसपीमाा बढुवा भएका थिए ।

गतबर्ष अवकाश पाएका सिंहसित प्रहरी प्रधान कार्यालयले पनि बढी तलब असुलउपर गरेको थियो ।

उनी ०३७ वैशाखमा १८ बर्ष पुगेका थिए । तर, आफु १६ बर्ष मात्र भएको भनी जिल्ला प्रहरी कार्यालय बझाङबाट बनाइएको नयाँ नागरिकता पेस गरी सिंहले उमेर ढाँटेको आयोगले जनाएको छ ।,

नयाँ पत्रिकाबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *