Sajhamanch Archive

सञ्चारकर्मी पौडेलले जन्मोत्सवमा गरे उदारहणीय काम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । विशेषत आफ्नो जन्म उत्सव मनाउँदा केक काटेर साथी भाईलाई बोलाई शुभकामना आदन प्रदान गरी मनाईने चलन छ ।

तर झापा बिर्तामोडका संचारकर्मी सरोज पौडेलले आफनो जन्म दिन फरक तरिकाले मनाएका छन् । उनले जन्मउत्सवको अवसरमा बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाका ५ वटा बिद्यालयका २५ जना बालबालिकालाई आफुसँग भएको सिप र ज्ञान बाँढ्न तालिमको आयोजना गरेका छन् ।

बिर्तामोड स्थित अक्फोट एकाडेमी सेन्टरमा एक कार्यक्रमका बिच तालिमको उदघाटन गरिएको हो । दुई दिन (बिहिबार र शुक्रबार ) सम्म संचालन हुने तालिममा, मोटिभेशन, व्यत्तित्व बिकास साथै वाक कला सम्बन्धी तालिम दिइने बताइएको छ । अक्र्फोड एकाडेमीका प्रबन्ध निर्देशक केशब मैनालीको अध्यक्षतामा रहेको कार्यक्रममा देवभुमि बिद्यापिठ बिद्यालयका अध्यक्ष सुमन शर्मा जमरकटेल , बिर्तामोड सरसफाई समितिका संयोजक बिष्णु आर्चाय , रेडियो भिजनका अच्युत सुबेदी, रेडियो सनराइजका आयुष निरौला, आँगन एफ एमका मदन संग्रौला , मेटिभेसन स्पिकर हरिकृष्ण भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तालिममा प्रत्येक बिद्यालयका ४—४ जनाका दरले बिद्यार्थीहरुलाई सहभागी गराइएको छ । जन्म दिनमा फजुल खर्चहरुलाई व्यवस्थापन गर्न सके, त्यो खर्चले समाजलाई केहि दिन सकिने उदाहरण पौडेलले दिएका छन् । सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत रहेका उनी हाल पत्रकारितासँगै बिभिन्न बिद्यालयका अतिरिक्त क्रियाकलाप सम्बन्धी शिक्षण पेशामा आवद्ध रहेका छन् । पौडेललाई जन्म दिनको शुभकामना दिदै, जन्मोउत्सवमा आयोजना गरिएको यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने जमर कटेलले बताए । दुई दिन सम्म चल्ने कार्यक्रममा , सञ्चारकर्मी मदन संग्रौला, अच्युत सुबेदी, आयुस निरौला मोटिभेटर हरिकृष्ण भण्डारी लगायतले प्रशिक्षण दिइने बताइएको छ । कार्यक्रमको सञ्चालन संचारकर्मी सागर रिजालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *