हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर ६, काँकरभिट्टा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः२०७८/५/२
जिल्ला झापा, मेचीनगर नगरपालिका वडा नं. ९ बस्ने स्व. बीरबहादुर तामाङको नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ असार ३० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर नगरपालिका ९ बस्ने निजको श्रीमती फूलमाया तामाङ आफ्ना श्रीमानको नाममा संस्थामा मौज्दात रहेको सेयर र बचत रकम फिर्ता गरी पाउँ भनी यस खुट्टीडाँगी कार्यालयमा मिति २०७८ साउन ३१ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत तथा सेयर फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भइजानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
– एनएमसी खुट्टीडाँगी कार्यालय
Comments