प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ
Published:
by .विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिए पछि नयाँ मुख्यमन्त्रीमा एमालेका केन्द्रीय सचिव भीम आचार्य नियुक्त भएका छन् । आजै उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरेको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए । प्रदेशसभामा एमालेको एकल बहुमत भएकाले दलको नेता चयन भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।
यसैबीच, नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले बहुमत जोगाउने दाबी गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् भन्ने यकिन भइसकेको छैन ।
यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले भने प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने दाबी गरेका छन् ।
बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिएका आचार्यले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पुर्याउँछौं ।’
उनले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने समेत बताए ।
Comments