Sajhamanch Archive

गृहमन्त्रीको जवाफ: अपराधमा संलग्न र अपराधी बचाउन लाग्ने जोकोहीलाई नछाडिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं ।  कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभा बैंठकमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कन्चनपुर घटनामा सरकार गंभिर रहेको र छानबिन अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

संसदमा बोल्दै गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणले मुुलुकभर चिन्ता प्रकट भइरहेको भन्दै सरकार यस घटनामा गंभिर भइरहेको बताउनु भयो ।

बिहीवारको प्रतिनिधिसभा बैंठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले जवाफ माग गरेपछि थापाले शुक्रवार जवाफदिनुभएको हो । ‘घटनाको छानबिन करीब–करीब अन्तिम चरणमा पुगेको छ,’ गृहमन्त्री थापाले भन्नुभयो, ‘जनस्तरबाट गम्भीर चिन्ता पैदा भएको छ, दोषीमाथि कठोर कारवाही होस्, न्यायको कठघरामा परुन् र पीडितलाई न्याय मिलोस् भन्ने चिन्तामा गृहमन्त्रीको तर्फबाट सम्मान गर्छु र जिम्मेवारी रुपमा काम गर्न निर्देशन दिइएको छ ।’

गृहमन्त्री थापाले अपराधीहरु छिट्टै कानूनको कठघरमा उभिने बताउनुभएको छ ।  उच्चस्तरीय छानबिन समितिका एक जना सदस्य उपसचिव विरेन्द्र केसीले राजीनामा दिएको सन्दर्भमा गृहमन्त्री थापाले गृह मन्त्रालयले शान्तिसुरक्षा दिने प्रतिवद्धता जनाएपछि केसी काममा फर्किएको बताउनुभयो ।

संसदमा जवाफ दिंदै गृहमन्त्री थापाले अपराधमा संलग्न रहेका जो कोहीलाई नछाडिने र अपराधी बचाउनका लागि यदी कोही लागेको रहेछ भने उसलाई पनि नछाडिने बताउनुभयो । महिला हिंसा, बलात्कार र हत्याजस्ता अपराधका घटनामा सरकारले सुन्य सहनशिलता राख्ने बताउँदै मन्त्री थापाले निश्पक्षछान बिनलाई प्रभावित पार्न कोही कसैका अभिव्यक्ति वा कृयाकलापहरु हुन नहुने बताउनु भयो । सरकारले छिट्टै दोषीलाई कार्वाही र पीडित परिवारलाई न्याय दिएरै छाड्ने र्गहमन्त्रकिो भनाई थियो ।  हिजो विहिवार प्रतिपक्षीले सदनमा जवाफ मागेपछि गृहमन्त्रीले आज शुक्रबार जवाफ दिनुभएको हो  ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *