‘एनएमसीको प्रभाव’ अनुसन्धानका लागि प्रस्तावपत्र पेस गर्ने बारे सूचना
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, झापा
अनुसन्धानका लागि प्रस्ताव पत्र पेस गर्ने बारे ।
प्रथमपटक प्रकाशित मितिः २०७८ /५/ १०
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)–ले आफ्ना सदस्य र समुदायका बीचमा २८ वर्षदेखि विभिन्न प्रकारका सेवा प्रवाह गरिरहेको छ । यसैक्रममा संस्थाको तर्फबाट सञ्चालित व्यवसाय, सेवा प्रवाह, सामुदायिक गतिविधि सञ्चालनजस्ता विषयमा केन्द्रित रहेर त्यसको प्रभाव मूल्याङ्कन गर्नेगरी संस्थाले स्वतन्त्र अनुसन्धानकर्ताहरूबाट अनुसन्धान (Research) गराउन चाहेको हुँदा उक्त क्षेत्रमा कार्य गर्न इच्छुक दक्ष अनुसन्धानकर्ताहरूबाट निम्न बुँदाहरुमा आधारित भई अनुसन्धानका लागि प्रस्तावपत्र आह्वान गरिन्छ ।
बुँदाहरुः
१. अनुसन्धानको क्षेत्र तथा विषयः ‘एनएमसीको प्रभाव’
२. अनुसन्धानका लागि लक्षित समूहः सदस्य, सेवाग्राही, समुदाय, नियामक निकाय, सञ्चार जगत
३. अनुसन्धानका लागि भौगोलिक सीमाः झापा जिल्ला
४. अनुसन्धान गर्न चाहनेले प्रस्तावपत्रमा निम्न विवरण खुलाउनु पर्नेछ ।
– विगतको अनुसन्धानात्मक अनुभव प्रमाणसहित
– अनुसन्धानको विधि र अनुसन्धानमा प्रयोग गरिने उपकरण एवम् जनशक्ति
– अनुमानित लागत
– समय अवधि
५. प्रस्तावपत्र मिति २०७८ भदौ २५ गतेभित्र संस्थाको इमेल ठेगाना [email protected] वा संस्थाको कर्पाेरेट कार्यालय, मेचीनगर ६, काँकरभिट्टामा बुझाउनु पर्नेछ ।
६. थप जानकारीका लागिः ९८५२६७२७००/९८५२६७२३००
– प्रमुख कार्यकारी अधिकृत
Comments