Sajhamanch Archive

व्यवसायिक सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि इच्छापत्र पेस गर्ने बारे एनएमसीको सूचना

Published: in विज्ञापन by .

प्रथमपटक प्रकाशित मितिः २०७८।५।१०

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले बहुव्यवसाय विस्तारका क्रममा तपसिल अनुसारका उद्योग तथा व्यवसाय स्थापना तथा सञ्चालनका विषयमा सम्बन्धित क्षेत्रका बारेमा व्यावसायिक सम्भाव्यता अध्ययन गराउन चाहेको हुँदा इच्छुक व्यक्ति तथा फर्महरूबाट इच्छापत्र आह्वान गरिन्छ ।

सम्भाव्यवता अध्ययनका क्षेत्रहरूः
१. एग्रो सपोर्ट बिजनेस (कृषि व्यवसायका लागि सहयोगी व्यवसाय, जस्तैः कृषि औजार, उपकरण, बीउ बिजन, मलखाद, औषधि आदिको बिक्री वितरण)
२. प्याकेजिङ उद्योगः कृषि उपज तथा खाद्यान्नमा आधारित
३. तेलहनमा आधारित तेल उद्योग
४. चामल मिल

पुनश्चः
१. माथि उल्लिखित उद्योग तथा व्यवसाय सञ्चालनको क्षेत्र झापा, मोरङ र इलाम जिल्ला हुन सक्नेछ ।
२. सम्भाव्यता अध्ययन गर्न चाहनेले अनुमानित लागत, लाग्ने समय र आफ्ना शर्तहरू उल्लेख गर्नु पर्नेछ ।
३. इच्छापत्र २०७८ भदौ १५ गतेभित्र संस्थाको इमेल ठेगाना [email protected] वा संस्थाको कर्पाेरेट कार्यालय, मेचीनगर ६, काँकरभिट्टामा बुझाउनु पर्नेछ ।
४. थप जानकारीका लागिः ९८५२६७२७००/९८५२६७२३००

– प्रमुख कार्यकारी अधिकृत

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *