Sajhamanch Archive

नेपाल राष्ट्रिय बङ्गाली समाज सुनसरी जिल्ला कमिटी गठन

Published: in प्रदेश तह, समाज by .

इनरुवा । नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय कमिटीले जिल्ला तथा पालिकास्तरमा नयाँ नेतृत्व गठन गर्ने अभियानलाई तीव्रता दिएको छ ।

देशभर छरिएर रहेका बंगाली समुदायको पहिचान गर्दै उनीहरूको हक अधिकार सुनिश्चितताका लागि जिल्ला तथा पालिकास्तरमा कमिटी विस्तार गर्न थालेको हो । यसै क्रममा जिल्ला कमिटी सुनसरी पनि गठन गरिएको छ ।

सुनसरीस्थित इनरुवा बोडिङ्ग स्कुलमा आयोजित एक भेलाले शम्भु मण्डलको अध्यक्षमा १४ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गठन गरेको हो । जिल्ला कमिटीको उपाध्यक्षहरूमा मुकेश चेल, निरञ्जनकुमार मण्डल, नन्दी मण्डल, सचिवमा सुजित नुन्दी, कोषाध्यक्षमा सुमती कविरथ रहेका छन् ।

कमिटीका सदस्यहरूमा संजित दत्त, कमल दत्त, उत्तम नुन्दी, वीरेन्द्र कविरथ, अरुण मण्डल, जयब्रत सरकार र वन्दना कविरथ रहेका छन् । सहसचिव पछि मनोनित गर्ने जनाइएको छ । नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय उपाध्यक्ष विप्लव घोषको अध्यक्षतामा तथा बंगाली समाजका अगुवा समाजसेवी सपन दासको प्रमुख आतिथ्यमा भला सम्पन्न भएको थियो ।

सो भेलामा समाजका वरिष्ठ सल्लाहकार एवं कोसी टप्पु वन्यजन्तु आरक्षणका पूर्व अध्यक्ष तथा नेपाल खानेपानी संस्थान पूर्व कार्यकारी अध्यक्ष महेश दत्त, समाजका केन्द्रीय महासचिव दीपककुमार भट्टाचार्य, समाजका केन्द्रीय सदस्य सुरेन्द्र कविरथ, इनरुवा बोडिङ्ग स्कुलका फाउन्डर शिशिर दत्त, समाज प्रदेश नम्बर १ का सदस्यहरू ललित मण्डल, विन्दानन्द नुन्दी मधुकुल बङ्गाली लगायतले आआफ्नो धारण राख्दै नेपालमा पनि बंगाली आयोग गठन गर्नुपर्नेमा जोड दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *