Sajhamanch Archive

बाल दिवसका अवसरमा अनाथ बालबालिकालाई लत्ताकपडा तथा खाद्य सामाग्री वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । बाल दिवसको अवसर पारेर सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोडले तारा नमस्ते बाल ग्रामको अनाथ बालबालिकालाई लत्ताकपडा, खाद्य सामाग्री तथा कापी किताव वितरण गरेको छ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कृष्ण कोइरालाको प्रमुख आथित्यतामा केन्द्रका अध्यक्ष अर्जुन मैनालीको अध्यक्षतामा एक कार्यक्रमका बीच अनाथ बालबालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको हो । बाल दिवसको अवसर पारेर बालबालिका सँगै सामुदायिक प्रहरीले जन्मदिन समेत मनाएको सदस्य राजकुमार ओलीले जानकारी दिए ।

अवको भोलिको दिनमा बालबालिकालाई उचित बालमैत्री वातावरणको व्यवस्था गर्न सकेमात्रै विर्तामोडमा रहेको अपराध, चोरी डकैतीको घटनामा कमी आउन सक्ने भएकोले समाजले बालबालिकालाई संरक्षण गर्नु पर्ने सामुदायिक प्रहरीको भनाई छ । बालबालिका लाई बेलैमा संरक्षण गरे गर्न सके बालबालिका कुलतमा फस्न नपाउने, उनीहरु अपराधिक मानसिकताबाट टाडै रहने प्रहरी उपरिक्षक कृष्ण कोइरालाले बताए ।

तारा नमस्ते बाल ग्रामका सरक्षित बालबालिकालाइ लालनपालनमा निक्कै आर्थिक संकट पर्दै आएको भएपनि स्थानिय संघसंस्थाको पहलमा आर्थिक सहयोग गरिदै आएको छ।

बाल आश्रममा दुइ दर्जन सडक बालबालिकालाई आश्रय लिइरहेका छन । विगतमा सञ्चालक नै अपराधिक गतिविधीमा लागेपछि विचल्ली भएका बालबालिकालाई स्थानिय नारायण पोखरेलको अगुवाइमा संरक्षण गरिदै आएको छ।

विर्तामोडमा लामो समयदेखि लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले विर्तामोड क्षेत्रलाई लागु औषध दुव्र्यसनी निषेधित क्षेत्र घोषणा गर्दै समाज रुपान्तरण गर्दै आएको छ। विर्तामोड क्षेत्रमा २०६८सालदेखि शान्ति सुरक्षामा समेत योगदान पुर्याउँदै आएको सामुदायिक प्रहरीले स्थानीय युनाइटेड रिभर साइट फाउण्डेशनसँग मिलेर विर्तामोड स्थित पश्चिम बस स्टेण्डमा एक करोड मुल्यको सामुदायिक भवन निर्माण गरिरहेको संस्थाका अध्यक्ष सन्चिव चापाँगाइले जानकारी दिए ।

अध्यक्ष चापागाईँ भन्छन, परिचय आवास कम्पनीले निशुल्क प्रदान गरेको ३० धुर जमिनमा जनसहभागिताबाट रुपैया सकँलन गरि भवन निर्माण कार्य जारी रहेको छ । सामुदायिक हललाई सामुदायिक हवको रुपमा विकास गर्न लागिएको उनको भनाई छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *