ईक्यान पूर्वाञ्चलले तीनवटा संस्थालाई सहयोग गरेर रजत जयन्ती मनायो
Published:
by .झापा । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को २५औं वार्षिकोत्सवको अवसर पारेर ईक्यान पूर्वाञ्चलले तीनवटा संस्थालाई सहयोग गरेकोे छ ।
बिराटनगर १ स्थित सयपत्री परोपकार आधारभूत विद्यालयमा बोर्ड तथा सिलिङ पंखा, ईटहरी ४ स्थित हेल्पलेस चिल्ड्रेन वेल्फेयर मिसनमा आश्रित बालबालिकाका लागि खाद्यान्न र धरान ३ स्थित भानु स्मृति माविमा वालपंखा प्रदान गरी ईक्यान पूर्वाञ्चलले रजत जयन्ती मनाएको हो ।
बिर्तामोडस्थित ग्लोवल टच एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक तथा संस्थाका कोषाध्यक्ष दिपक गौतमले दिएको जानकारी अनुसार सहयोग हस्तान्तरण कार्यक्रम बिराटनगरबाट शुरु भएर इटहरी हुँदै धरानमा सम्पन्न गरिएको थियो ।
ईक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन शर्मा निरौलाले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो कार्यक्रम गरिएको जानकारी दिए । कोरोनाको त्रासका बीच सामान्य औपचारिकता पूरा गर्दै सामाजिक उत्तरदायित्व निर्वाहा गरिएको अध्यक्ष निरौलाले बताएका छन् ।
ईक्यान पूर्वाञ्चलका पदाधिकारीहरु मात्र उपस्थित रहेर स्वास्थ्य मापदण्ड पालना गरी उक्त कार्यक्रम गरिएको थियो । ईक्यानले रजत जयन्ती मनाउन आफ्नो संस्थालाई रोजेको तथा अत्यावश्यक सामग्री प्रदान गरेर सहयोग गरेकोमा लाभग्राही ती संस्थाका प्रमुख तथा पदाधिकारीहरुले धन्यवाद दिएका थिए ।
Comments