Sajhamanch Archive

टिपरले सडकमा ढुङ्गा झार्दै गर्दा करेन्ट लागेर घटनास्थलमै दुईको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

उदयपुर। उदयपुरको चौदण्डी नगरपालिका–५ सिवाइमा करेन्ट लागेर आज ४२ वर्षीय टिपर चालक कृष्णबहादुर कार्की र सहचालक १९ वर्षीय भक्तबहादुर खड्काको मृत्यु भएको छ ।

ना अ १३२९ को टिपरले सडकमा ढुङ्गा झार्दै गर्दा गाडीले विद्युत्को प्रशारण लाइनलाई छुन पुग्दा करेन्ट लागेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीले बताए । मृतक दुबैजना चौदण्डी नगरपालिका वडा नं ५ र ९ का बासिन्दा हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *