Sajhamanch Archive

भारतमा नेपाली चिकित्सकलाई अाकर्षक सुविधा

Published: in मिडियाबाट साभार by .

काठमाडौं ।भारतका सरकारी संस्थानमा एमडी\एमएस, डीएम\एमसीएच गर्ने रेजिडेन्ट नेपाली चिकित्सकले त्यहाँ आकर्षक सुविधा पाउने भएका छन्।

लामो संघर्षपछि उनीहरूले मासिक रूपमा ८० हजारदेखि एक लाख भारुसम्म ‘स्टाइपेन्ड’ पाउने भएका हुन्। यो सुविधा सेप्टेम्बरदेखि लागू हुँदैछ। भारतीय चिकित्साशास्त्रमा उच्चशिक्षाअन्तर्गत विदेशी कोटामा पढ्नेहरूमा अधिकांश नेपाली नागरिक नै हुने गरेका छन्।

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स(एम्स) नयाँदिल्ली, पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च(पीजीआईएमईआर) चण्डीगढ र जवाहरलाल इन्स्टिच्युट अफ पोस्ट ग्राजुएट रिसर्च (जेआईपीएमईआर) पान्डीचेरीमा अध्ययनरत विदेशी नागरिकलाई स्टाइपेन्ड दिने त्यहाँको केन्द्र सरकारले निर्णय गरेको छ।

‘यी तीनै संस्थामा १९ सेप्टेम्बरभिब निर्णय कार्यान्वयन गर्न केन्द्रीय सरकारबाट पत्र गइसकेको छ’, पीजीआईएमईआर चण्डीगढमा एमडी गरिरहेका डा. विपिन ादवले टेलिफोनमा भने, ‘हाम्रो संस्थान पीजीआइले नेपालीसहित विदेशी विद्यार्थीलाई स्टाइपेन्ड दिने घोषणा गरिसकेको छ।’

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *