नेकपा एमाले झापा क्षेत्र नं. ४ बाट यी हुन्, महाधिवेशन प्रतिनिधिमा निर्वाचित उम्मेद्वाहरु
Published: (Updated: )
by .शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेश प्रतिनिधिहरु छनौटका लागि झापा क्षेत्र नं. ४ मा भएको निर्वाचनमा विजयी उम्मेद्वारहरुको नाम सार्वजनिक भएको छ । क्षेत्र न ४ का निर्वाचन मण्डलले अन्तिम परिणाम सार्वजनिक गरेको हो ।
नेकपा एमाले क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित खुलातर्फ खेमनाथ मिश्र १३४०, चन्द्रकुमार सेर्मा १४६२, धनबहादुर थेवे १५३२, भैरवकुमार श्रेष्ठ १३०२, राजेन्द्रकुमार पोखरेल १७०४, राधाकृष्ण खनाल १४०० मत प्राप्त गरी विजयी बनेका छन् ।
उनीहरुका प्रतिश्पर्धी केयरसिंह बस्नेत ९९४ कैलाश कमार राई ६४४, कोमल पन्त ५२६, गोविन्द बहादुर कुँवर ९४९, टेकनाथ ढुंगेल ४३३, दीपक चापागाईँ ७८९,प्रकाश चन्द्र खरेल ६६६, मोहन घिमिरे १०३८, विष्णुप्रसाद खतिवडा ५५१, हर्कराज राई ८३६, हिरा थापा १२२९ ले मत प्राप्त गरेको झापा क्षेत्र नं. ४ निर्वाचन मण्डलका सचिव श्रीप्रसाद खरेलले जानकारी दिए।
त्यस्तै महिलातर्फ अमृता राई २३१४, इन्दिरा बस्नेत (भरत) १९३० र चम्पादेवी खनाल २२११ मत प्राप्त गरी विजयी भएकी छिन् । उनीहरुका प्रतिश्प्रर्धी नरमाया कार्की १०४३, भोजकुमारी नेपालले १६४१ मत प्राप्त गरेकी थिइन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेको ५७०८ संगठित सदस्य रहेका थिए भने ३५६२ मत खसेको थियो ।
Comments