Sajhamanch Archive

घुर्मीमा जीप दुर्घटना हुँदा दुई अष्ट्रेलियन नागरिकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

उदयपुर । काठमाडौंबाट सोलुतर्फ जाँदै गरेको ना १ ज८९६९ उदयपुरको कटारी नगरपालिका १४ घुर्मीमा दुर्घटना हुदा २ अष्ट्रेलियन नागरिकको मृत्यु भएको खुलेको छ ।

मृत्यु हुनेमा अष्ट्रेलियन नागरिक ६५ वर्षीय हुसेनकान्त रहेको र अर्की ७७ वर्षीय हुसेगुरुडाल उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाडौंबाट सोलुको लागि हिडेको सुमो अनियन्त्रित भई १२ ः ४५ बजे सडक भन्दा सय मिटर तल खसेको उदयपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोलुखुम्बु चेल्साका ५९ बर्षीय याक्छी शेर्पा चालक ओखलढुङ्गा श्रीचौर – ७ का २८ वर्षीय लोक बहादुर तामाङ्ग, सोलुखुम्बु नेले –२ का ४५ बर्षीय इन्द्र बस्नेत , ३१ बर्षीया सरस्वती बस्नेत त्यस्तै बारा जिल्ला कलैया नगरपालिकाका बर्ष २८ का अर्जुन कुमार पाण्डे, सोलुखुम्बु नेले – २ का १४ बर्षीया सुजन बस्नेत, काठमाडौं कागेस्वरी का २१ वर्षीय मनोज रोका गम्भिर घाइते भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।

दुर्घटनामा घाईने याक्छी शेर्पाको स्थानीय जनसेवा हेल्थ कियर सेन्टर घुर्मीमा उपचार भई रहेको र बाँकी ६ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको उदयपुर प्रहरीले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *