Sajhamanch Archive

नेकपा माओवादी केन्द्रको वडा अधिवेशनः शिवसताक्षीका ११ वटै वडामा को–को चुनिए ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम वडा अधिवेशनबाट शिवसताक्षीका ११ वटै वडामा कार्यसमिति चयन भएको छ । अधिवेशनबाट नगरका सबै वडाहरुमा २९ सदस्य कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नेकपा माओवादी केन्द्रको शिवसताक्षी नगरपालिका वडा नं. १ को अध्यक्षमा नेत्र नेम्वाङ्ग चयन भएका छन् । जसको उपाध्यक्षमा कुबेरधन रिजाल , सचिब पुर्ण लकान्ध्री ,सह सचिब केसब बस्नेत कोषाध्यक्ष सङिता राई चयन भएका छन् ।

वडा नं. २ अध्यक्ष भिम नेम्वाङ ,उपाध्यक्ष देऊ प्रसाद राई  ,सचिब सन्तोष काफ्ले ,सह सचिब बुधराज शेर्मा ,कोषाध्यक्ष चम्पा बिक चयन भएको माओवादी केन्द्र शिवसताक्षी नगरमिटीले जनाएको छ ।

त्यसैगरी वडा नं. ३ को अध्यक्षमा राजु लिम्बू सर्वसम्मत चयन भएका छन् । जसको उपाध्यक्षमा उपाध्यक्ष इन्द्र प्रसाद बास्तोला ,सचिब लय गौतम ,सह सचिब जङ बहादुर रार्र्इ, कोषाध्यक्ष रन्जिता ताजपुरिया रहेका छन् ।

वडा नम्बर ४अध्यक्ष शिव विमली, उपाध्यक्ष गंगा राजवंशी, सचिब टेक नारायण राजवंशी, सह सचिब बुधकरन राजवंशी कोषाध्यक्ष पन्चम राजवंशी चयन भएका माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।

त्यस्तैगरी वडा नम्बर ५ को अध्यक्ष नरबहादुर लिम्बु, उपाध्यक्ष घुर्शिन ताजपुरिया ,सचिब सहदेब ताजपुरिया ,सह सचिव चित्र कुमार श्रेष्ठ ,कोषाध्यक्ष मेनुका ताजपुरिया चयन भएका छ्न ।
वडा नम्बर ७ अध्यक्ष अम्बिका अधिकारी उपाध्यक्ष गेहेनाथ आचार्य ,सचिब चैतु राजवंशी , सह सचिब पन्च बा. तामाङ , कोषाध्यष गंगा बहादुर प्रधान चयन भएका छ्न ।

त्यस्तै वडा नम्बर ८को अध्यक्ष बिष्णु दास राई ,उपाध्यक्ष जगत श्रेष्ठ , सचिव पर्शुराम खतिवडा ,सह सचिब अग्नी प्रसाद भट्टराई , कोषाध्यक्ष टिकामाया बिक चयन भएका छ्न।

वडा नम्बर ९ अध्यक्ष दल बहादुर न्यौपाने ,उपाध्यक्ष प्रकाश राज ढकाल, सचिव बिरेन्द्र बस्नेत ,सह सचिब लोकनाथ बुडाथोकी , कोषाध्यक्ष मेलिना लिम्बु चयन भएका छ्न।

वडा नम्बर १० अध्यक्ष नन्दुप्रसाद राय ,उपाध्यक्ष अर्जुन चौहान , सचिवमा रबिन न्यौपाने, सह सचिब झरेन्द्र बास्कोटा, कोषाध्यक्ष द्रौपदा खनाल चयन भएको निर्वाचन मण्डलले जनाएको छ ।

त्यस्तै वाड नम्बर ११ अध्यक्ष अग्नी चापागार्इ, उपाध्यक्ष रमेश मिस्र , सचिव रुद्र खतिवडा ,सह सचिब सबिन पौडेल ,कोषाध्यक्ष दुर्गा पोखेरेल सर्बसम्मत चयन भएको नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए ।

अधिवेशनले शिवसताक्षी नगरका सबै वडागरी २ सय जना नगरप्रतिनिधि समेत चयन गरेको छ ।

नयाँ क्रान्तिकारी बिचार र नयाँ क्रान्तिकारी पार्टी निर्माणको लागि अभियान भन्ने मुल नारा सहित आज अलग अलग ठाउँमा भएको प्रथम वडा अधिबेशन भब्यता पुर्बक सम्पन्न भएको र ११२ जान विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्र मा प्रवेश गरेको नगर अध्यक्ष भट्टराईले जानकारी दिए ।

कार्यक्रम मा नेकपा माओवादी केन्द्र झापा जिल्ला सह इन्चार्ज झलक सिङ दर्लामी प्रदेश कमिटी सदस्य कल्पना कार्की जिल्ला सचिबालय सदस्य राम बहादुर राई ढुन्ढिराज गुरगाइ नगर अध्यक्ष महेन्द्र भट्टराईको उपस्थिति रहेको थियो ।

पार्टीले देशभरका वडाहरुमा यही मंसीर ४ गते निर्वाचन प्रणालीमार्फत वडा समितिको छनौट गर्ने योजना दिएको भएपनि यो वडामा सर्बसम्मत समिति चयन भएको नगर अध्यक्ष भट्टराईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *