Sajhamanch Archive

झापामा स्थापित मनषा थाइको उत्पादन बजारमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । मेची अञ्चलकै पहिलो चाउचाउ उद्योगका रूपमा स्थापित मनषा थाई उद्योगले विभिन्न उत्पादन बजारमा ल्याउने भएको छ ।

उद्योगले मगमग, प्यारी, रेलीमाई, गुट्टुबट्टु चाउचाउ बजारमा ल्याउने तयारी पूरा गरेको विर्तामोडमा पत्रकार सम्मेलन गरी  जानकारी गराएको हो । उद्योगका सञ्चालक सदस्य तथा चाउचाउ विशेषज्ञ गणेश प्याकुरेलका अनुसार दैनिक ७ ला ५० हजार प्याकेट तयारी चाउचाउ उत्पादन क्षमता रहने उद्योगमा २ सय ५० देखि ३ सय जनासम्म व्यक्तिले रोजगारी पाउने छन् ।

नेपालका ७ वटै प्रदेशलाई मुख्य बजारको केन्द्र बनाएको उद्योगले छिमेकी देश भारतलाई समेत बजार लक्षित गरेको छ । यसैगरी उद्योगले उत्पालन गर्ने विभिन्न प्रकारका स्न्याक्सहरु, चिजबल, चिजरिङ, कुटुकुटु, पोटेटो क्रेकर, कर्न फ्याक्स, चोकोष जस्ता उत्पादन समेत रहेका छन् ।

गुणस्तर नियन्त्रणका लागि खाद्य विशेषज्ञको नेतृत्वमा रहने एद्योका उत्पादन स्वास्थ्यकर भएको सञ्चालक समितिका अध्यक्ष परशुराम अग्रवालले जानकारी दिए । नेपालमै पहिलो पटक उच्च स्तरीय प्रविधि मार्फत तयारी हुने उत्पादन जनस्वास्थ्यमा फलदायी हुने विश्वास गरिएको छ । भद्रपुरका परशुराम अग्रवालको नेतृत्वमा विर्तामोडका ओमप्रकाश अग्रवाल, अजय अग्रवाल, गणेश प्याकुरेल लगायतको साझेदारीमा सञ्चालनमा आएको सो उद्योग मेचीनगर १४ दुवागढीमा रहेको छ । आर्थिक रूपमा मेचीकै अब्बल उद्योग बन्ने विश्वास गरिएको सो उद्योगले सयौ व्यक्ति रोजगार बन्न सहयोग गर्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *