Sajhamanch Archive

घृतकौशिक गोत्रीय प्रतिष्ठानको अध्यक्षमा चन्द्रप्रसाद

Published: in समाज by .

कोटिहोम । घृतकौशिक गोत्रीय प्रतिष्ठानमा चन्द्रप्रसाद खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

झापाको कोटिहोम माइधाम भएको आठौ वार्षिक साधारण सभा तथा अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा भीम नेपाल, बिष्णु बराल र महासचिव योगराज खनाल रहेका छन् । नयाँ पदाधिकारीहरुलाई आज सपथग्रहण निर्वाचन मण्डलले सपथ ग्रहण गराएको निर्वाचन मण्डलका संयोजक गंगाराम खनालले जानकारी दिए।
सपथ पछि संस्थापक व्रह्मलाल खनाल को मुर्ति मा माल्यार्पण गरिएको थियो ।

यसैबीच कार्यक्रमा धृतकौशिक गोत्रीय प्रतिष्ठानको स्मारिका लोकार्पण पनि गरिएको थियो । स्मारिकको समिक्षा डा. पुण्यप्रसाद सिग्देलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *