यी हुन् मदिराका कारण मलेसियामा ज्यान गुमाउने नेपालीहरु, १६ जना नेपालीको उपचार हुँदै (नामावलीसहित)
Published:
by .काठमाडौँ । विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ ।
क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् ।
अस्पतालमा उपचाररत अन्य बिरामीको विवरण यस्तो छ ।
Comments