Sajhamanch Archive

वैवाहिक वर्ष गाँठमा गरिने खर्च कटाएर क्यान्सर पीडित बालिकालाई सहयोग

Published: in समाज by .

शिवसताक्षी । दमकका एक दम्पत्तीले २० औै वैवाहिक वर्ष गाँठको उपलक्ष्यमा क्यान्सर पीडित बालिकालाई सहयोग गरेका छन् ।

शिबसताक्षी ८ श्रीजंगा चोककी ४ बर्षिय क्यान्सर पीडित बालिका जेसिका बिकलाई दमकका एक दम्पतीले आर्थिक सहयोग गरेका हुन् ।

दमक १ फाल्गुनन्द चौक निबासी स्वास्थ्यकर्मी समेत रहेका मोना राई र बिरेन्द्र राई दम्पतीले आफ्नो २० औ बैबाहिक बर्ष गाँठको अवसरमा जेसिका बिकलाई सात हजार रुपैया सहयोग गरेका हुन ।

वैवाहिक वर्ष गाँठको नाममा फजुल खर्च गर्नु भन्दा केही सामाजिक कार्यमा सहयोग गर्ने उदेश्यले पिडित बालिकालाई सहयोग गरेको विरेन्द्र राईले बताए ।

उक्त सहयोग रकम शिबसताक्षीका नेता ,ब्यबसायी तथा समाजसेबी तुला बोखिमले जेसिकाको परिवारलाई हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण गर्दै समाजसेबी बोखिमले बालिकाको अवस्था अत्यन्त नाजुक र दयनिय रहेकोले आफ्नो तर्फबाट पनि केही सहयोग गर्ने बचन दिए ।

उक्त सहयोग रकम जेसिका बचाउ अभियानका सदस्य तथा पत्रकार अनिलदेब राईको पहलबाट भएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *