Sajhamanch Archive

भारतमा किन चल्यो मूत्रत्यागको अधिकार अभियान ?

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

काठमाडौ । भारतको महाराष्ट्रस्थित नागपुरमा सार्वजनिक शौचालयको स्थिति एकदमै खराब भएपछि मूत्रत्यागको अधिकार अभियान चलाइएको छ ।

राइट टु पी अभियानका माध्यमले मानिसहरूलाई सफा र निःशुल्क शौचालयको माग गरिएको छ ।

गान्धीबाग र सीताब मेन रोड क्षेत्रमा पसलमा काम गर्ने महिला तथा युवतीले अभियानमा साथ दिएका छन् ।

नागपुरमा जनसंख्या ठूलो भए पनि तिनीहरूको हालत खराब छ । मर्मत र रेखदेख नगरिएकाले शौचालय अत्यन्तै दुर्गन्धित छन् ।

महिला र युवतीहरूले शौचालय जान नपाएर समस्या भोगिरहेका छन् ।

नागपुर नागरिक मञ्चले राइट टु पी अभियान आरम्भ गरेको हो । यसअन्तर्गत सार्वजनिक शौचालयको सर्वेक्षण गरिएको छ । मञ्चका सदस्यहरू शहरका विभिन्न भागमा गएर शौचालयको स्थितिको जानकारी लिइरहेका छन् ।

सर्वेक्षणमा आएको जानकारीका आधारमा तथ्यपरक प्रतिवेदन तयार पारिनेछ । त्यसमा विभिन्न सिफारिश दिइने सम्भावना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *