प्रतिबन्धित लागूऔषधसहित राई पक्राउ
Published:
by .झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं.–५ बस्ने २६ वर्षिय लावन हाङ राई रहेका छन् ।
आइतबार साँझ ४ बजे मेचीनगर ६ स्थित बसपार्कमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा राईको साथबाट ४४ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जनाएका छन् ।
Comments