शिवसताक्षीको दोमुखामा सुविधा सम्पन्न होटलको उद्घाटन
Published:
by .माइधार । झापाको दोमुखामा सुविधा सम्पन्न होटलको उद्घाटन भएको छ । दोमुखा पालिघर नामको सो होटलको झापा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद एलपि साँवा लिम्वु र प्रदेश (ख) का सांसद हिरा थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
होटल शिवसताक्षीकै ठूलो र सविधा सम्पन्न मानिएको छ । शनिवार एक कार्यक्रमका विच उक्त होटलको उद्घाटन भएको हो । झापा दमकका राजेश खड्का, सान्ता लामा, टंक वस्नेत र काठमाण्डौका विष्णु केसीको ४ करोड लगानीमा होटल स्थापना भएको हो ।
पर्यटकीय हिसावले शिवसताक्षीको गहनाको रुपमा मानिएको दोमुखामा सुविधा सम्पन्न होटलको स्थापना भएकाले आन्तरिक तथा वाहिय पर्यटकलाई वस्नको लागि सुविधा हुने पर्यटकिय विकास संस्थाका अध्यक्ष धनवहादुर लावतीले बताए । उनले दोमुखामा पर्यटक भित्र्याउन पनि यसले भूमिका खेल्ले बताए ।
दोमुखामा साना २५, मध्यम प्रकृतिका ३ र सुविधा सम्पन्न एउटा होटल थपिएपछि आर्थिक कारोवार पनि वृद्धी हुने स्थानियले वताएका छन् । पछिल्लो पटक स्थापना भएको होटल पालिघर २ वर्ष अघि निर्माण शुरु भएको हो । तीन तलाको सो होटलमा २२ वटा अत्याधुनिक एटेच कोठा, ८० जनासम्म अटाउन सकिने सभाहल र ईन्टरनेटको सुविधा रहेको छ । निकट भविष्यमै स्वीमिङ्ग पुलको पनि निर्माण हुने होटल संचालक राजेश खड्काले जानकारी दिए ।
संघीय सांसद एलपि साँवा लिम्वु प्रदेश सांसद हिरा थापाले दोमुखामा होटल स्थापना भएपछि पर्यटकको आवगमनमा वृद्धी हुने विस्वास व्यक्त गरे । उनीहरुले अव माईधारदेखी दोमुखा सम्मको सडक कालोपत्रे, सरदारे खोलाको पुल र दोमुखा हुँदै महमाई जोड्ने मोटररेवल सडकको स्तर उन्नती गर्नुको विकल्प नरहेको वताए । सांसद साँवाले भने सरदारे खोलाको पुल ०७६ साल पर्खनु पर्देन ०७५ सालमै निर्माण सम्पन्न हुने छ ।
स्थानियले सांसद साँवालाई दोमुखामा प्रहरी विटकालागि पहल गरिदिन समेत अनुरोध गरे । स्थानियले भने यहाँको मुख्य चुनौती शान्ति शुरक्षा हो, सुरक्षा विना दोमुखाको विकास सम्भव नरहेको पनि स्थानियले वताए ।
पाहुनालाई अग्र्यानिक खाना र प्राकृतिक शौन्दर्यता प्रदान गर्ने होटलको मुख्य विशेषता रहेको होटल संचालक राजेश खड्काले दावी गरे । उनले भन,े स्थानिय जातका कुखुरा, कनकाई, कावेली र कोशी नदिका माछा पनि होटलमा पाहुनाले चाहेको परिकारमा पाउनु हुने छ ।
होटल स्थापना भएपछि प्रत्यक्ष रुपमा १८ जना र अप्रत्यक्ष रुपमा १५ जना युवा युवतीले रोजगारी पाउने होटल संचालिका शान्ता लाामाले बताईन । उनले भनिन,् हामीले कमाउनका लागि मात्र लगानी गरेका होईनौ यहाँको चौतर्फी विकास र दोमुखा पर्यटकको गन्तव्य बनोस भन्ने हाम्रो अपेक्षा हो । होटल उद्घाटन कार्यक्रम संचालक सान्ता लामाको अध्यक्षता भएको थियो भने स्वागत राजेश खडकाले गरेका थिए ।
Comments