Sajhamanch Archive

विर्तामोडमा शैक्षिक परार्शका लागि दुई संस्थाको शाखा उद्घाटन

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्देश्यले नेक्स्ट एजुकेशन कन्सल्टेन्सी प्रा.लि. र फस्ट ट्याक एजुकेशन प्रा.लि.ले सातौं शाखाको रुपमा बिर्तामोडमा उद्घाटन गरेका छन ।

झापा क्षत्र न.४ का प्रतिनिधी सभा सांसद लालप्रसाद साँवा, संंविधान सभा सदस्य प्रेम गिरी, अर्जुनधारा नगरपालिका प्रमुख हरी कुमार राना, इलाका प्रहरी कार्यालय प्रमुख कृष्ण प्रसाद कोइरालाले रिवन काटेर कन्सलटेन्सीको उद्घाटन गरेका हुन् ।

दुई कन्सल्टेन्सीले विगत वर्षदेखि विद्यार्थीहरुलाई विदेशका विभिन्न कलेज, अध्ययन गरिने तह, विषय, शुल्क तथा अन्य विविध आवश्यक सुचनाहरुको जानकारी दिइने तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्स, सेमिनार गोष्टी तथा एडमिसन कार्यहरु सञ्चालन गर्ने कार्यक्रममा जानकारी गराइएको छ ।

आइतबार बिर्तामोडमा अभिभावक र सरकारवालाहरुसँग परामर्स गरी उद्घाटन गरिएको कार्यक्रममा सांंसद साँवाले यस्ता खालका कन्सल्टेन्सीले खोलिनु गौरवको कार्य रहेको भन्दै विश्वासिलो र राम्रो शिक्षा दिएर नेपालका विद्यार्थीहरुलाई बाहिर पठाउँन आग्रह गरे ।

त्यस्तै संविधान सभा सदस्य प्रेम गिरीले जताततै संस्था खुलेका तर यस्तो क्षमतावान र प्रभावकरी संस्था स्थापना नभएकाले यस्ता संस्था झापामा संञ्चालन हुनु खुसीको कुरा रहेको भन्दै यहाँका धेरै विद्यार्थी र अभिभावकको मन जित्न संस्थाले सँधै रचनात्मक कार्यमा लाग्न निर्देशन गरेका छन ।

कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि अभिभावकहरुले संस्थालाई संधै प्रशंसनीय कार्य गर्न अनुरोध गरेका थिए ।

देशका विभिन्न स्थानमा शाखा रहेको यि संस्थाहरुले बिर्तामोडमा विद्यार्थीहरुलाई अभिभावक भेला गरी अस्ट्रेलियाको शौक्षिक परामर्सका बारेमा जानकारी गराइदै आएको तथा आगामी दिनहरुमा पनि शौक्षिक कार्यक्रम संचालन गर्न संस्थाका निर्देशक खड्गबहादुर ताम्लिङ लिम्बुले बताए ।

खोलिएकोे संस्थाले शैक्षिक परामर्श तथा प्रत्येक वर्ष विद्यार्थीहरुलाई अस्ट्रेलिया पढ्न पठाउन सहयोगी भूमिका खेलेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *