Sajhamanch Archive

इसिएफ नेपालले सक्यो भौगोलिक सुचना प्रणाली सम्बन्धी तीन दिने तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । भौगोलिक सुचना प्रणाली (जि.आइ.एस) सम्बन्धी तिन दिने तालिम झापाको विर्तामोडमा सम्पन्न भएको छ ।

वातावरण संरक्षण मञ्च नेपाल (इसिएफ) ले आयोजना गरेको तालिममा झापाका विभिन्न क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तालिममा कसरी विभिन्न तथ्याङ्कहरुलाई नक्साङकन गरी विश्लेषण गर्न सकिन्छ भन्ने बारेमा सिकाइएको थियो । साथै तालिममा आर्क जि।आइ।एस।, गुगल अर्थ प्रो. सप्टवेयर, जि.पि.एस.को प्रयोग र उपयोगिताबारे पनि सिकाइएको थियो ।

विशुद्ध वातावरण सम्बन्धी काम गर्ने यस संस्थाले अहिले सम्म वातावरण संरक्षसमा टेवा पुर्याउने धेरै खालका काम झापाका विभिन्न स्थानीय तहमा सम्पन्न गरिसकेको मञ्चका अध्यक्ष हैकम घिसिङले जानकारी दिए ।

अध्यक्ष घिसिङको सभापतित्वमा समापन भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. २ का वडाअध्यक्ष नगेन्द्र संग्रौलाले पछिल्ला समय वातावरण प्रदुषित भइरहेको बेला यस्ता कार्यक्रमले वातावरण संरक्षण गर्नेमा जोड दिने बताए । प्रमुख अतिथि रहनुभएका संग्रौलाले वातावरण संरक्षणमा स्थानिय सरकारले पनि यस्ता संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समापन कार्यक्रममा कन्चनगढ बोर्डिङ स्कुलका संस्थापक जिवन पनेरु, नेपाल आदिवासी जनजाति महासंघ विर्तामोडका निवर्तमान पदम बहादुर तामाङ (देवराज), अक्सफोर्ड एकेडेमिक सेन्टरका प्रबन्ध निर्देशक केशव मैनाली , साझामञ्च डट कमका सरोज पौडेल , अनेरास्ववियू झापाका सचिव रोशन लामा र आँगन एफ एमका मदन संग्रौला लगायतको उपस्थित रहेको थियो ।

तिन दिनसम्म संचालन भएको तालिमको काठमाडौबाट आउनुभएका प्रशिक्षकद्धय प्रतिक बज्राचार्य र रमेश लामिछानेले सहजिकरण गरिएको कार्यक्रमको संचालन मञ्चका सचिव नविन कोइरालाले गरेका थिए । कार्यक्रममा तीन दिनसम्म सहभागी भएका प्रशक्षार्थीहरुलाई प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *