Sajhamanch Archive

सत्ता गठबन्धनको बैठक बिना निश्कर्ष, आइतबार फेरि बस्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सत्ता गठबन्धनको बैठक बिना निश्कर्ष टुंगिएको छ । आइतबार फेरि बस्ने सहमति गरी बैठक सकिएको हो ।

एमसीसीको विषयमा सत्ता साझेदारहरुको साझा धारणा बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासलाई सार्थक बनेउाने उद्देश्यले उनको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

सत्ता गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सहमति गरेर शीर्ष नेताहरु बालुवाटारबाट बाहिरिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *